काठमाडौं – देशभर गर्मी बढेसँगै दाङमा पनि अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मीको कारण जनाउँदै तुलसीपुर उपमहानगरमा पाँच दिन विद्यालय बन्द गरिएको छ । गर्मी ३९ डिग्री सेल्सियस भन्दा बढि भएपछि १८ गतेदेखि २२ गतेसम्म सामुदायिक तथा सस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीले जानकारी दिएका छन् । त्यहाँ २३ गतेदेखि पठनपाठन संचालन गरिने बताइएको छ ।
प्रतिक्रिया