रवि लामिछानेविरुद्धको रिटमाथिको सुनुवाइ किन पटक पटक स्थगित हुन्छ ?

विहीबार, १७ जेठ २०८१, १४ : ५०

काठमाडौं – विभिन्न विवादमा तानिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटमाथिको सुनुवाई आज पनि स्थगित भएको छ । उक्त रिटको पेशी न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा  तोकिएको थियो ।

 निवेदकको तर्फबाट  स्थगित गरिएको उक्त मुद्दा तेस्रो नम्बरमा पेशी रहेको थियो  । न्यायाधीश पोखरेलले यसअघि लामिछानेका केही मुद्दामा कानुन व्यवसायीको रूपमा बहस गरेका थिए ।

 यसअघि बुधवार पनि उक्त मुद्धा पोखरेलकै इजलासमा पेशी तोकिएको थियो । उक्त इजलासमा स्थगित गर्ने निवेदन दिएर हटाइएको थियो ।

सहकारी ठगी प्रकरणमा महान्यायाधिवक्ता कार्यालयले कुनै जिल्लामा अभियोग र अनुसन्धान नभएको भनी क्लिनचिटको अर्थ लगाउन मिल्ने पत्र दिएपछि त्यसविरुद्ध रिट दायर भएको थियो ।
 

विहीबार, १७ जेठ २०८१, १४ : ५०

प्रतिक्रिया