कोरोना भाइरसको नयाँ भेरियन्टविरुद्धको खोप ल्याइँदै

विहीबार, १७ जेठ २०८१, १४ : ५८

काठमाडौँ - सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै कोरोनाविरुद्धको थप खोप ल्याउने भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नयाँ भेरियन्ट ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ देखिएसँगै थप खोप ल्याउन लागिएको हो । 

स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप  ल्याउन लागिएको जानकारी दिए । अहिले स्वास्थ्य विभागसँगै एक लाख मात्रा मात्र खोप मौज्दात रहेको छ ।  छ-छ महिनामा कोरोना भाइरसको नयाँ भेरियन्ट पनि देखिएको र खोप ल्याउने पहिलेको तयारी रहेको बताए । उनका अनुसार ग्लोबल एलाएन्स फर व्याक्सिन एण्ड इमुनाइजेसन (गाभी)ले फाइजरको ‘मनोभ्यालेन्ट’ खोप अनुदानमा उपलब्ध गराउने छ ।

विहीबार, १७ जेठ २०८१, १४ : ५८

प्रतिक्रिया