नेप्सेमा दोहोरो अंकको गिरावट

विहीबार, १७ जेठ २०८१, १५ : १९

काठमाडौं - साताको कारोबारको अन्तिम दिन आज नेप्से १९.८९ अंकले घटेर दुई हजार ६९ दशमलब ५३ विन्दुमा बन्द भएको छ । नेप्सेमा आज ४ अर्ब २१ करोड ७४ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.९० अंकले घट्दै ३७०.१९ बिन्दुमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार ९८ लाख ६४ हजार ४८२ कित्ता सेयर किनबेच हुँदै ४ अर्ब २१ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज फाइनान्स, हाइड्रोपावर र म्यानु एण्ड प्रो समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी १० वटा उपसूचक ऋणात्मक भएका छन् । म्यानु एण्ड प्रो समूहको उपसूचक १.२३ प्रतिशतले बढ्दा हाइड्रोपावर समूहको उपसूचक ०.४९ प्रतिशतले र फाइनान्स समूह ०.१५ प्रतिशतले बढेको छ ।  आज तीन वटा कम्पनी नेपाल फाइनान्स, अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी र भगवती हाइड्रोपावर कम्पनीको सेयर मूल्य समान १० प्रतिशतले बढेको छ भने पोखरा फाइनान्सले १० प्रतिशतले मूल्य गुमाएको छ । 

विहीबार, १७ जेठ २०८१, १५ : १९

प्रतिक्रिया