राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवमा अर्याल

विहीबार, १७ जेठ २०८१, १६ : ४२

काठमाडौं-राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवमा जंगबहादुर अर्याल नियुक्त भएका छन् । 

नेपाल सरकारको निर्णय अनुसार सहसचिव अर्याल बोर्डको सदस्य सचिवमा नियुक्त भएका हुन् ।  अर्याल यस अघि  कर्मचारी प्रशासन तथा जनशक्ति विकास महाशाखा प्रमुख थिए । 

 बोर्डका सदस्य सचिव दुर्गा अर्याल अनिवार्य अवकासमा गएपछि अर्याल सदस्य सचिव भएका हुन् । यसैबीच पदभार ग्रहण गर्दै अर्यालले निर्धारित समयमा एसईई र कक्षा १२ को परिक्षा सञ्चालनदेखि बोर्डलाई समयानुकुल प्रविधिमैत्री बनाउन आफू लागिपर्ने बताएका छन् । 

विहीबार, १७ जेठ २०८१, १६ : ४२

प्रतिक्रिया