काठमाडौँ - प्रहरीले दैलेखको दुल्लुबाट बुवाको हत्या गरेको आरोपमा छोरालाई पक्राउ गरेको छ ।
दुल्लु नगरपालिका–१२ दहसुनार घर भएका २६ वर्षीय गणेश सुनारलाई पक्राउ गरिएको दैलेखका डीएसपी किशोर लम्सालले बताए । गणेशले ६१ वर्षका बुवा मनवीरे सुनारको कुटपिट गरी हत्या गरेका हुन् । जेठ १ गते राति ढुङ्गा र हथौडा प्रहार गर्दा गम्भीर घाइते भएका मनवीरेको उपचारको क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको थियो ।
प्रतिक्रिया