धितोपत्र बोर्डको प्रवक्तामा डा. नवराज अधिकारी नियुक्त

शुक्रबार, १८ जेठ २०८१, ०७ : ००

काठमाडौँ-  नेपाल धितोपत्र बोर्डको प्रवक्तामा डा. नवराज अधिकारी नियुक्त भएका छन् । यसअघि बोर्डको निमित्त कार्यवाहक अध्यक्षको जिमेवारीमा रहेका डा। अधिकारीलाई बोर्डको प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

अधिकारीलाई बिहीबारदेखि लागू हुनेगरी बोर्डको अध्यक्ष नरेन्द्रकुमार रानाले प्रवक्ताको जिम्मेवारी सुम्पिएका हुन्। यसअघि बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले प्रवक्ताको भूमिका निर्वाह गर्दै आएका थिए ।
 

शुक्रबार, १८ जेठ २०८१, ०७ : ००

प्रतिक्रिया