ग्लोबल आईएमई बैंकका कर्मचारी सबार बस दुर्घटना, २५ जना घाईते

शुक्रबार, १८ जेठ २०८१, ०७ : ३२

काठमाडौं-  सिन्धुलीमा बस दुर्घटना हुँदा ग्लोबल आईएमई बैंकका २५ कर्मचारी घाइते भएका छन् ।

दुर्घटनामा घाइतेलाई खुर्कोटस्थित अस्पतालमा र केहीलाई धुलिखेल अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

बागमती प्रदेश ०१० प ०१ – १७३२ नम्बरको पर्यटक बस बिहीबार अपराह्न दुर्घटना भएको हो । बसमा सबै ग्लोबल आईएमई बैंकका कर्मचारी रहेको बताइएको छ । सिन्धुलीका डीएसपी अनिलकुमार खड्काका अनुसार बैंकका कर्मचारीहरु धनुषाको बर्दिबास एक तालिममा सहभागी भएर फर्किँदै गर्दा बस दुर्घटना भएको हो । बस सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ मा दुर्घटना भएको हो ।

बस सडकबाट ३० मिटर खसेको थियो।

शुक्रबार, १८ जेठ २०८१, ०७ : ३२

प्रतिक्रिया