काठमाडौं- निजामती कर्मचारी अस्पताल (सीभील) ले एकैपटक १०८ जना कर्मचारी मागेको छ ।
नवौंदेखि पाँचौँ तहसम्म सिनियर रजिष्ट्रारदेखि बायोमेडिकल टेक्निसियन विभिन्न पदमा १०८ जना कर्मचारी मागेको हो ।
तोकिएको योग्यता पुगेका ३५ वर्ष ननाघेको इच्छुक व्यक्तिले असार ६ गतेसम्म र दोब्बर दस्तुर बुझाएर असार १३ गतेसम्म अनलाइनमार्फत् दरखास्त दिन सक्ने अस्पतालले जनाएको छ ।
प्रतिक्रिया