सुन तस्करीमा संलग्न  १ जना पक्राउ

शुक्रबार, १८ जेठ २०८१, १२ : १४

 

काठमाडौँ - ६० किलो सुन तस्करीमा संलग्न आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको तेमाल गाउँपालिका घर भएका  ४५ वर्षीय कान्छामान लामा ‘थर्कमान’ छन् ।

तेमाल गाउँपालिका वडा नम्बर–४ घर भएका कान्छामान लाजिम्पाटबाट पक्राउ परेका हुन् । उनी सामाखुसीमा बस्दै आएका थिए । ६० किलो सुनमा कान्छामानको संलग्नताबारे अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्युरोका एक जना अधिकृतले  बताए । 

भेप प्रकरणमा पूर्व सभामुख कृष्ण बहादुर महरासँग बयान लिएर ब्युरोले उनलाई हाजिर जमानीमा छाडेको थियो । सुनको अवैध पैठारी ९तस्करी० नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको सिफारिस अनुसार पूर्व सभामुख कृष्ण बहादुर महरा सहित ७ जनामाथि अनुसन्धान भइरहेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । तस्करीमा संलग्न मध्येका जीवन कुमार गुरुङ फरार छन् । 

शुक्रबार, १८ जेठ २०८१, १२ : १४

प्रतिक्रिया