काठमाडौँ - अत्यधिक गर्मी बढेसँगै सुर्खेतको वीरेन्द्रनगरमा विद्यालयहरूमा बिदा दिन थालिएको छ । अत्यधिक गर्मी बढेपछि वीरेन्द्रनगर नगरपालिकाले सूचना जारी गरेर एक साताका लागि विद्यालयमा बिदा दिएको जानकारी गराएको हो ।
गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा समस्या देखिएको र शिक्षण सिकाइको वातावरण प्रतिकूल भएकाले विद्यालयको पठनपाठन बन्द गराउन विद्यालयहरूलाई निर्देशन दिएको हो । अध्याधिक गर्मीले पठनपाठनमा समस्या आए पछि वर्षे बिदाबाट कट्टी हुने गरी नगरपालिकाले बिदा दिएको हो ।
प्रतिक्रिया