काठमाडौँ - नेपाल हाइड्रो डेभलपर लिमिटेडको चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर सूचीकृत नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुचीकृत भएको छ ।
नेप्सेका अनुसार कम्पनीको २ लाख ३५ हजार १४८ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । उक्त सेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ । सुचीकृत बोनस सेयर साधारण सभाका लागि तोकिएको बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म नेप्सेमा सेयर कारोबार भइ कायम रहेका सेयरधनीले पाउनेछन् । उक्त बोनस सेयर कम्पनीको २०८० पुस १२ गते लिसारा रिसेप्सन्स, नक्साल, काठमाण्डौंमा सम्पन्न भएको साधारण सभाबाट पारित भएको थियो ।
प्रतिक्रिया