काठमाडौँ - गण्डकीका मुख्य न्यायाधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त भएका छन् । बेनी नगरपालिकाका १० का स्थायी बासिन्दा शर्मा २०४८ देखि कानुन व्यवसायमा आबद्ध छन् ।
शिक्षण पेसामा समेत आबद्ध रहेका शर्मा गएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट मेयर पदको उम्मेदवार थिए । उनी म्याग्दी जिल्ला बारका पूर्व अध्यक्ष हुन् । यसअघि पनि सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा मुख्य न्यायाधिवक्ता थिए । शर्मा गण्डकीका छैटौँ मुख्य न्यायाधिवक्ता हुन् ।
प्रतिक्रिया