महानगरद्वारा आफन्तबाहेक कोही कसैको घरमा राखिएका बालबालिकाको खोजी

शुक्रबार, १८ जेठ २०८१, १३ : ३५

काठमाडौं - काठमाडौं महानगरपालिकाले आफन्तबाहेक कोही कसैको घरमा राखिएका बालबालिकाको खोजी थालेको छ । आफूसँग नातागोताबाहेकका त्यस्ता बालबालिका भए २१ दिनभित्र सम्बन्धित वडा कार्यालयलाई थाहा दिन भनिएको छ ।

‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र कुनै घरपरिवारमा आफ्ना तथा नातागोताबाहेकका बालबालिका रहे(बसेका भए यो सूचना जारी भएको मितिले २१ दिनभित्र महानगरपालिकाले जारी गरेको बाल संरक्षण तथा बाल अधिकारसम्बन्धी कार्यविधि, २०८० को दफा १६ को उपदफा ९५० सँग सम्बन्धित अनुसूची ९३० मा तोकिएको फाराम भरी सम्बन्धित वडा कार्यालयमा विवरण पेस गर्नु हुन सूचित गरिन्छ,’ सूचनामा उल्लेख छ ।

नातागोता भन्नाले बालबालिकाका आमा वा बुवातर्फका तीन पुस्ताभित्रका नातेदार सम्झनुपर्ने महानगरको प्रष्टोक्ति छ । १८ वर्षमुनिका बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाइएको भए त्यसको नियन्त्रणका लागि महानगरले पहल थालेको हव । त्यस्तै महानगर क्षेत्रभित्रका होटेल, बार, रेस्टुरेन्ट, घर, यातायात, निर्माण सेवालगायतका विभिन्न क्षेत्रमा गैरकानूनी रूपमा बालबालिकालाई श्रममा लगाइएको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही गर्ने महानगरले बताएको छ ।

शुक्रबार, १८ जेठ २०८१, १३ : ३५

प्रतिक्रिया