काठमाडौं – सत्तारुढ दल नेकपा (माओवादी केन्द्र )संसदीय दलको बैठक सुरु भएको छ । बैठक माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा केहि बेरअघि सुरु भएको हो ।
माओवादी प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा जेठ १५ गते संसद्मा पेश भएको आगामी वर्षको बजेट सम्बन्धमा छलफल भइरहेको जानकारी दिए ।अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१–८२ को बजेट मंगलबार प्रस्तुत गरेका थिए । बजेटमाथि संघीय संसदमा आइतबारदेखि छलफल हुँदैछ ।
प्रतिक्रिया