६१ किलो सुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान पक्राउ

शुक्रबार, १८ जेठ २०८१, १३ : ५८

काठमाडौं – प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले लाजिम्पाटबाट ६१ किलो सुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान लामालाई पक्राउ गरेको छ ।
४५ वर्षीय लामा  कान्छामान भनेर समेत चिनिन्छन्। उनी तेमाल गाउँपालिकाका निवासी हुन । 

पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको सुन तस्करी जाँचबुझ आयोगले यसअघिको सुन तस्करीको अनुसन्धानमा प्रश्न उठाउँदै थप व्यक्तिमाथि अनुसन्धान अगाडि बढाउन सुझाव दिएको थियो।

शुक्रबार, १८ जेठ २०८१, १३ : ५८

प्रतिक्रिया