काठमाडौं – पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बजेटमार्फत सरकारले कृषि क्षेत्रमा ल्याएका योजना अर्थपूर्ण रहेको बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, अहिले मैले बजेटको एउटा पक्ष देखेँ । कृषिको सन्दर्भमा ल्याइएका योजनाहरु मलाई साह्रो मन पर्योु, उनले भने, ुकृषिलाई नेपालको अर्थतन्त्रको आधारशीलाको रुपमा लिनुपर्ने र त्यसरुपमा नै अघि सारिएको देख्दा धन्यवाद दिन मन लाग्यो ।ु
त्यसक्रममा अध्यक्ष नेपालले राजनीतिमा भ्रष्टीकरण बढेकोमा चिन्ता व्यक्त गर्दै भ्रष्टाचारले नेता, कार्यकता र सिंगो देश बिग्रिएको पनि बताए । भ्रष्टाचार निर्मुल पार्न सबै एकजुट हुनुपर्ने उल्लेख गर्दै उहाँले हावादारी योजना बनाउने प्रवृत्ति रोक्नुपर्नेमा जोड दिए ।
‘अहिलेको राजनीतिमा सबैभन्दा बिग्रिएको पक्ष भनेको भ्रष्टीकरणको पक्ष छ । नेताहरु पनि बिग्रिएका छन् । भ्रष्टाचारले, कार्यकर्ताहरु पनि बिग्रिएका छन् । देश पनि बिग्रिएको छ भ्रष्टाचारले । समाज पनि बिग्रिएको छ, विकृति र विसंगतिले । त्यसैले यि सबै चिजबाट कसरी हामीले उन्मुक्ति प्राप्त गर्ने, हामी ति सबैबाट कसरी माथि बढ्ने ? भ्रष्टाचारलाई उन्मुलन गर्ने कुरामा, नियन्त्रण गर्ने कुरामा, यसबाट जोगिने कुरामा, ध्यान कसरी दिने ? देशको योजना बनाउँदा हावादारी योजना बनाएर भएनु, अध्यक्ष नेपालको भनाई छ ।
प्रतिक्रिया