काठमाडौं - फ्रान्सेली राजदूतावास र फ्रान्सेली अन्तर्राष्ट्रिय सुरक्षा सहयोग निर्देशनालयको आयोजनामा भएको अवैध सिकार तथा वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न भएको छ ।
हिजो भएको गोष्ठीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, वन तथा वातावरण मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालयलगायत वन्यजन्तु संरक्षण ता बेचविखनविद्धकोक अभियानमा संलग्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो । अष्ट्रेलिया, बङ्गलादेश, भुटान, कम्बोडिया, भारत, इण्डोनेसिया, माल्दिभ्स, सिंगापुर, श्रीलंका, थाइल्याण्ड, संयुक्त राज्य अमेरिका, फ्रान्सको वातावरणीय र जनस्वास्थ्य अपराध समन्वय केन्द्रीय कार्यालय र फ्रान्सेली भन्सारका प्रतिनिधिको उपस्थितिमा भएको गोष्ठीमा फ्रान्सको दूतावासका कार्यवाहक राजदूत लीला देवरादजालोले गोष्ठीको औचित्यबारे चर्चा गर्दै यसमा १३ देशको सहभागिताले यसको आवश्यकता र महत्वलाई दर्शाएको बताए।
उनले वन्यजन्तुमाथिको आक्रमणको भयावह हुने चेतावनी दिनुभएको दूतावासले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण निर्देशनालयका प्रमुख सञ्जय देउजाले राष्ट्रिय निकुञ्जमा सिकारी नियन्त्रणमा नेपाली सेनाको प्रयासबारे जानकारी दिँदै ‘नेपाली सेना हाम्रो राष्ट्रको समृद्ध जैविक विविधता र प्राकृतिक सम्पदाको संरक्षणमा आफ्नो प्रतिबद्धतामा अडिग छ । हाम्रा समर्पित कर्मचारीहरू लोपोन्मुख प्रजातिहरूको संरक्षण, सिकार र वन्यजन्तुको अवैध ओसारपसारबाट जोगाउन अथक प्रयास गरिरहेका छन्,’ उनले भने ।
दूतावासका प्रहरी सहचारी फाब्रिस कोटेलले वन्यजन्तु संरक्षण तथा अवैध सिकार एवं ओसापसारविरुद्ध दुई वर्षदेखिको अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ गर्नुपर्नेमा जोड दिँदै कार्यशाला समापन गरेका थिए । वन्यजन्तुको चोरी सिकारी तथा वनको वातावरण विनाश गर्नेविरुद्ध प्रभावकारी रूपमा लड्न फ्रान्सेली मन्त्रालयको लागि युरोप र विदेश मामिलाको सुरक्षा सहयोग निर्देशनालयले आर्थिक सहयोग गर्दै आएको छ ।
प्रतिक्रिया