काठमाडौँ - सिन्धुलीको कोशी नदीको किनारबाट करिब २५ टन प्लास्टिकजन्य फोहोरमैला सङ्कलन गरिएको छ । क्याप परियोजना अन्तर्गत क्रिएशन नेपालले गोलन्जोर गाउँपालिकाको सहकार्यमा सो फोहर सङ्कलन गरेको हो ।
करिब २५ टन बराबरको प्लास्टिकजन्य फोहोरमैला सङ्कलन विगत लामो समयदेखि फोहोर डम्पिङ साइटको रूपमा परिणत भएको सो ठाउँबाट प्लास्टिकजन्य फोहरमैला सङ्कलन गरी सफा बनाइएको छ । क्याप परियोजना अन्तर्गत आयोजना गरिएको नदी सरसफाइ अभियान परियोजनाले परिचालन गरेको युवा स्वयंसेवक ९यूथ कोहर्ट०, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, ट्राफिक प्रहरी, स्थानीय सरोकारवालासँगको सहकार्यमा सरसफाइ गरिएको हो ।
सरसफाइ अभियानमा प्रमुख अतिथि गोलान्जोर गाउँपालिका अध्यक्ष शङ्कर बरालले पालिकाले गर्नुपर्ने काम क्रिएशनले गरेको भन्दै खुसी व्यक्त गरे । बढ्दो सहरीकरणले गोलन्जोर गाउँपालिकालाई फोहोर मैलाको समस्या दिन प्रतिदिन विकराल बन्दै गएको बताउँदै उनले क्रिएसन नेपालले सञ्चालन गरेको सरसफाइ अभियान र फोहोरमैला व्यवस्थापन गर्ने कामप्रति पूर्ण प्रतिबद्धता रहेको बताए ।क्याप परियोजना प्रमुख उज्ज्वल उपाध्यायका अनुसार परियोजनाको एक भागका रूपमा गोलन्जोरमा नदी सरसफाईको काम सुरुवात गरिएको र कम्तीमा १२ वटा नदी सरसफाइ अभियान एकसाथ सँगै सञ्चालन गरिँदैछ ।
प्रतिक्रिया