करेन्ट लागेर युवकको मृत्यु

शनिबार, १९ जेठ २०८१, १६ : ३९

काठमाडौँ - सुनसरीमा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ ।  गढी गाउँपालिका-२ बस्ने २४ वर्षीय मोहमद अफ्रोज मियाको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो । 

इटहरी उपमहानगरपालिका- ८ स्थित चिन्तन चौतारी नजिक मन्जिल प्रधानको घरको छत माथि चढी सिटिसफारी बोलाउने क्रममा नजिकै रहेको विद्युतको तारबाट करेन्ट लाग्दा उनको मृत्यु भएको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

शनिबार, १९ जेठ २०८१, १६ : ३९

प्रतिक्रिया