खनाल लुम्बिनी योजना आयोगको उपाध्यक्षमा नियुक्त

शनिबार, १९ जेठ २०८१, १७ : २०

काठमाडौँ - लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा सरोज खनाल नियुक्त भएका छन् । खनाल शिक्षा, स्वास्थ्य र सहकारी क्षेत्रमा लामो समय काम गरेको अनुभव बटुलेका व्यक्ति हुन् ।

अघिल्लो सरकारको पालामा नियुक्त भएका प्रदेश योजना आयोगका उपाध्यक्ष डा नहकुल केसीले राजीनामा दिएपछि प्रदेश योजना आयोग पदाधिकारीविहीन भएको थियो । मुख्यमन्त्री जोखबहादुर महराले आफ्नो सचिवालयमा दुई जनालाई विज्ञ नियुक्तसमेत गरेका छन् । पूर्वाधार विज्ञको रुपमा पवन बराल र अर्थ तथा विकास विज्ञको रुपमा सुशान्त बैद्धिकलाई नियुक्त गरेका छन् । 

शनिबार, १९ जेठ २०८१, १७ : २०

प्रतिक्रिया