बजेटपछि घटेको सेयर बजारमा देखिएला उत्साह ?

आइतबार, २० जेठ २०८१, ०७ : ४५

काठमाडाैंँ - मौद्रिक नीतिले उकासेको सेयर बजार आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट विनियोजनपछि भने बढ्ने क्रममले ब्रेक लिएको छ ।  मंगलबार सार्वजनिक बिदाका कारण यो साता चार दिन बजार कारोबार भएको थियो । नेप्से परिसूचक ६१.९६ अंक ९२.९१५० घटेर २,०६९.५३ मा बन्द भएको थियो । अघिल्लो साताको तुलनामा ५ दशमलव ५८ प्रतिशतले बढेर गत साता परिसूचक २,१३१.४९ मा बन्द भएको थियो । यो साता परिसूचक २,१५२ दशमलव ८५ सम्म उच्च र कम्तीमा २,०६५ दशमलव ६८ बिन्दुमा गएकाले ८७.२ अंकको अस्थिरता देखिएको छ । अघिल्लो साता परिसूचकले १११ दशमलव ८७ अंकको अस्थिरता देखाएको थियो ।

सबैभन्दा बढी इन्ट्राडे घाटा बुधबार २३ दशमलव ८५ बिन्दुले ४ अर्ब ५७ अर्ब रुपैयाँको कारोबार भए पनि यस साता कुल कारोबार रु १७.१२ अर्ब रहेको छ ।
सबैभन्दा बढी इन्ट्राडे घाटा बुधबार २३ दशमलव ८१ बिन्दुले ४ अर्ब ५७ अर्बको कारोबार भए पनि यस साता कुल कारोबार रु १७.१२ अर्ब रहेको छ । यो साता २ लाख ५३ हजार २ सय २१ कारोवारबाट ४ करोड ९९ लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । नेप्सेको हालको बजार पुँजीकरण रू। ३२.८१ खर्ब रुपैयाँ पुगेको छ ।


बजेटपछि मात्रै ४३ अंकको गिरावटबजेटपछि बुधबार र विहिबार भएको कारोबारमा मात्रै भारी अंकको गिरावट आएको छ । दुईदिनमा नेप्से सूचक ४३ अंकले घटेको थियो । कारोबार रकम पनि घटेको छ । धेरै जसो लगानीकर्ताहरुले बजेटले मागलाई सम्बोधन गर्न नसकेको तर्क गर्दै आइरहेका छन् । सेयर बजारले लगानीकर्ताहरुको मागलाई सम्बोधन भने औपचारिक रुपमा गरेको छैन।  बजेटले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज नेप्से र नेपाल क्लियरिङ एण्ड लिमिटेडलाई पुन संरचना गर्नेबाहेक  अन्य कुरालाई सम्बोधन हुन नसकेको हो ।  लगानीक्र्ताहरुले आजको बजारलाई निकै चासोपूर्वक हेरेका छन् ।


 

आइतबार, २० जेठ २०८१, ०७ : ४५

प्रतिक्रिया