आइएमई लाइफ इन्सुरेन्सको साधारण सभा बस्दै के छ मुख्य एजेन्डा

आइतबार, २० जेठ २०८१, ०८ : ४०

काठमाडाैं- आइएमई लाइफ इन्सुरेन्सको वार्षिक साधारण सभा जेठ २८ गते बस्दैछ । सभा आम्रपाली ब्यांकेट क्याटरिङ एन्ड इभेन्ट, भाटभटेनी, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर तिर्न १.३१ प्रतिशत नगद लाभांश गरी कुल २६।३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।  बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन हुने एजेन्डा पनि छ । यस्तै, आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । 

यता, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि जेठ १४ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, जेठ १३ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

आइतबार, २० जेठ २०८१, ०८ : ४०

प्रतिक्रिया