पत्रकार महासंघ विरुद्ध पाँच  संगठनको संयुक्त विज्ञप्ति, चुनावको तयारी गर्न दबाब

आइतबार, २० जेठ २०८१, १० : ०२

काठमाडाैं- पत्रकार महासंघ विरुद्ध पाँच  संगठनको संयुक्त विज्ञप्ति जारी गरेका छन् । शनिबार पाँच पत्रकारसंठनले  विज्ञप्ति जारी गर्दै आगामी  महाधिवेशनको तयारी जुट्न ध्यानाकर्षण गराएको हो । प्रेस चौतारी नेपाल अध्यक्ष गणेश वस्नेत,प्रेस सेन्टर नेपाल, अध्यक्ष विष्णु सापकोटा जुगलु, समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी,प्रगतिशील पत्रकार संघ नेपाल अध्यक्ष श्यामलाल पोखरेल र जनपत्रकार संगठन, नेपाल अध्यक्ष शेरवहादुर विश्वकर्मा र क्रान्तिकारी प्रेस संगठन अध्यक्ष,कमल वुढा, संयोजकले  विज्ञप्ति जारी गरेका हुन् ।

आगामी जेठ २६ गते केन्द्र, प्रदेश, शाखा, प्रतिष्ठान र एशोशियटको नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्ने घोषणा गरेको थियो । केन्द्रीय निर्वाचन समिति समेत गठन गरेको भए पनि  निर्वाचन प्रयोजनका लागि वैशाख मसान्तभित्र निर्वाचन समितिलाई मतदाता नामावली उपलब्ध गराउन महाधिवेशनले निर्देश गरेकोमा हालसम्म पनि निर्वाचन समितिलाई आधिकारिक सूची उपलब्ध नगराइएको विज्ञप्तिमा भनिएको छ ।

सदस्यहरूको अद्यावधिक नामावलीको सूची नवुझाइएकै कारण हालसम्म पनि निर्वाचन कार्यतालिका प्रकाशित हुन सकेको छैन ।  संगठनहरू नेपाल पत्रकार महासंघको निर्वाचनलाई तोकिएको मितिमा निर्वाध रूपमा सम्पन्न गर्न केन्द्रीय नेतृत्वबाटै अवरोध भइरहेकोमा खेद व्यक्त गरेको छ ।

relaese

आइतबार, २० जेठ २०८१, १० : ०२

प्रतिक्रिया