सबै पहेँलो ज्याकेट लगाउने मानिस मापसे गरेका हुन् भन्ने भाष्य स्थापित हुनु गलत : सांसद खतिवडा

आइतबार, २० जेठ २०८१, ११ : ५५

काठमाडौँ- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्री रवि लामिछानेले सडकमा मापसे गरेका व्यक्तिलाई सडक व्यवस्थापनमा पठाएको भन्दै आलोचना गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सभामुखको समय लिएर बोल्दै गृहमन्त्रीले हुकुमी शासन गर्न लागेको उनले आरोप लगाए । 

सांसद खतिवडाले भने– ‘मापसेमा लर्बर हुँदै ट्राफिकको काम गर्न थालेपछि पहेँलो ज्याकेट लगाउने सबै मापसेमा परेमा भन्ने भान भयो भने मुलुक कतातिर जान्छ ? तिनीहरूको इज्जत कता जान्छ ?उनले मापसे गरेका मान्छेलाई बिहान सडकमा ल्याएर उभ्याउने व्यवस्था कानुनमा रहेको छ भनेर पनि प्रश्न गरे ।

'प्रहरीलाई पठाएको छ किरु गृहमन्त्रालयबाट पत्राचार भएको छ किरु फेरि हुकुमी शासन चलाउन खोज्नेको हामी विरोध गर्छौँ । कसैको पनि श्रम शोषण गर्न पाइँदैन । कानुनअनुसार मुलुकलाई अगाडि बढाउनुपर्छ,' उनले भने ।

उनले सबै पँहले ज्याकेट लगाउने मानिस मापसे गरेका हुन् भन्ने भाष्य स्थापित हुनु गलत भएको बताए । पत्रकारिता चलाएजस्तो बोलेर, ट्विट गरेर सरकार नचल्ने बताउँदै उनले सभामुखबाट उक्त निर्णय खारेज गर्न रुलिङका लागि माग गरेका थिए । 

गृहमन्त्री लामिछानेले गणतन्त्र दिवसको दिन महिला ट्राफिकलाई रजस्वला भएको बेला सडकमा नखटाउने निर्णय गरेको राम्रो भएपनि कानुन बनाएर मात्र कार्यान्वयन गर्नुपर्ने बताए ।
 

आइतबार, २० जेठ २०८१, ११ : ५५

प्रतिक्रिया