काठमाडौं – दाङमा स्वर्गद्वारी गुठी पीडितहरूले सशक्त आन्दोलनको सुरुवात गरेका छन् । पीडितहरुले सरकारबाट आफ्नो समस्ष्याप्रति चासो नदेखाएपछि दाङको घोराहीस्थित मालपोत र नापी कार्यालयमा तालाबन्दी गरेका छन् ।
सरकारले विगतमा गरेको सम्झौतासमेत कार्यान्वयन नगरेको भन्दै किसानहरु तालाबन्दीमा उत्रिएका हुन् । गुठीको नाममा दर्ता स्रेस्ता कायम भएको जग्गाको दोहोरो स्वामित्व अन्त्य गर्दै किसानको नाममा हुनुपर्ने मागसहित गुठी पीडितहरु लामो समयदेखि आन्दोलनमा छन् ।
सरकारसँग मोहियानी हकका लागि पटकपटक सम्झौता भएपनि त्यसको कार्यान्वयन नभएकोपीडितहरुको आरोप छ । अबको आन्दोलन निर्णायक हुने गुठीपीडित किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताए ।
पीडितहरुले आज बिहानैदेखि मालपोत र नापीको गेटमा ताला लगाएर कार्यालय घेराउ गरिरहेका छन् । त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
प्रतिक्रिया