सिंहदरवार प्रवेश गर्दा कस्तो पोशाक लगाउने ? संसदमा उठ्यो प्रश्न

आइतबार, २० जेठ २०८१, १२ : ३९

काठमाडौं – सिंहदरवार मुलुकको केन्द्रीय प्रशासनिक सचिवालय । त्यसकारण पनि यो सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिन्छ । तर जनताले आफ्ना समस्या लिएर जाने ठाउँ पनि सिंहदरवार भएकोले यो क्षेत्र सार्वजनिक चासो र महत्वको बनेको छ । यहाँ सर्वसाधारण नागरिकदेखि विशिष्ट व्इक्तित्वहरु पनि आउजाउ गर्ने गर्दछन् । सिंहदरवार प्रवेश गर्दा कस्तो पोशाक लगाउने भन्ने बारेमा संसदमा कुरा उठेको छ । आज बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले यो सवाल उठाएकी हुन् । सांसदहरु जस्तोसुकै पोशाक लगाएर संसद भवन र सिंहदरबार प्रवेश गर्न पाउने तर सर्वसाधारणलाई रोक्ने कुरा स्वीकार्य नहुने उनको तर्क छ । हाफपाइन्ट र चप्पल लगाएर सर्वसाधारणलाई सिंहदरबार प्रवेशमा रोक लगाएपछि यो विषय संसदमा उठेको हो  । 

आज बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दैन्यौपानेले यो सवाल उठाएकी हुन् । सांसदहरु जस्तोसुकै पोशाक लगाएर संसद भवन र सिंहदरबार प्रवेश गर्न पाउने तर सर्वसाधारणलाई रोक्ने कुरा स्वीकार्य नहुने उनको तर्क छ । 

सांसद न्यौपानेले संसद बैठकमा सांसदहरुले नौरंगी पोशाक लगाएको भन्दै असन्तुष्टि पनि पोखेकी छन् । सांसदहरुको पोशाक कस्तो हुने भन्ने प्रष्ट नियम बनाइनुपर्ने उनको माग छ ।   

‘यो संसदमा मर्यादित ड्रेस लगाएर आउने हामी कतिजना छौँ ? हामी साडीमा आउँछौँ कि ? कोट, पाइन्ट, टाई लगाएर आउँछौँ कि ? आफ्नो मातृ ड्रेस लगाएर आउँछौ कि ?, उनको प्रश्न छ, ुआज यो संसदमा कोही फ्रक लगाएर आउनुभएको छ । कोही टिसर्ट र पाइन्ट लगाएर आउनुभएको छ । कोही जम्पर लगाएर आउनु भएको छ । हामीलाई चाहीँ सबै छुट ? अनि जनतालाई चाहीँ त्यसमा बन्देज रु ?

आइतबार, २० जेठ २०८१, १२ : ३९

प्रतिक्रिया