काठमाडौं – सरकारले बजेटमा गाँजाको व्यवसायिक खेती गर्ने कार्यक्रम उल्लेख गरेपनि उदयपुरबाट सशस्त्र प्रहरीले करिब २८० किलो गाँजा बरामद गरेको छ।
आइतबार बिहान पौने ७ बजे बेलका नगरपालिका वडा नम्बर सिसौलिघाटबाट करिब २८० किलो गाँजा बरामद गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश रामपुरबाट खटिएको टोलीले सिसौली घाटको जंगलमा ६ वटा बोरा लुकाएर राखेको फेला परेको थियो।
उक्त बोराभित्र गाँजासँगै सानो ठेला गाडा र दुई वटा ट्युब पनि फेला परेको थियो। डिएसपी थापाका अनुसार तस्करले ट्युबमा राखेर कोशी नदी हुँदै तस्करी गर्न लागेको आशंका छ।
बरामद गाँजा र अन्य सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा सशस्त्र प्रहरीले जनाएको छ।
स्मरण रहोस् गाँजाको औषधीय प्रयोगको बारेमा अहिले विश्वमै चर्चा भैरहेको छ । तर सरकारले कानुन बनाउन ढिलाइ गरेको कारण यस सम्बन्धी प्रक्रिया अघि बढ्न नसकेको बताइन्छ ।
प्रतिक्रिया