काठमाडौं – सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुषालले पुनरुत्थानवादी शक्तिहरुले सामाजिक तथा साम्प्रदायिक सद्भाव र एकतालाई खल्बल्याउने प्रयत्न गरिरहेको बताएका छन् । उनले वर्तमान राजनीतिमा बढेको अस्थिरता, अविश्वासले पुनरुत्थानवादी शक्तिहरूलाई हौसला दिएको बताए ।
आईतवार काठमाडौंमा दशौं राष्ट्रिय महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव भुषालले उत्पादनमा ह्रास, लगानी र पुँजीगत खर्चमा कमी, रोजगारीमा कटौती र बेरोजगारीमा वृद्धिजस्ता प्रवृत्तिले पुनरुत्थानवादी शक्तिहरूलाई हौसला दिएको बताएका हुन ।
उनले राज्यका सबै अङ्ग र तहमा भ्रष्टाचार र ढिलासुस्ती बढ्दै गएको सुनाए। रोजगारी र सुशासनलाई राजनीतिको प्रमुख मुद्दा बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।
नेकपा (एकीकृत समाजवादी)ले जेठ १६ गतेबाट २० गतेसम्म महाधिवेशन गर्दैछ ।
प्रतिक्रिया