स्रोत नखुलेको रकमसहित दुईजना पक्राउ

आइतबार, २० जेठ २०८१, १७ : १२

काठमाडौँ - स्रोत नखुलेको रु ७२ लाख रकमसहित दुईजनालाई नेपाल प्रहरीले  पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका- ७ चावहिलस्थित लुम्बिनी खाजा घर तथा गेष्ट हाउसबाट दुवैजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भोजपुरको पौवा डुग्मा गाउँपालिका- ४ घर भइ हाल न्यूरोड बस्दै आएका ५० वर्षीय भीमसेन विश्वकर्मा र सोही स्थानका २९ वर्षीय खेमराज विश्वकर्मा रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
 

आइतबार, २० जेठ २०८१, १७ : १२

प्रतिक्रिया