काठमाडाैं- नेपाल धितोपत्र बोर्डले अहिले कार्याकारी अध्यक्ष रुपमा अर्थमन्त्रालयका सहसचिव नरेन्द्र कुमार रानाले धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । उनले सम्हालेको करिब एक महिना वितिसक्न लागिसक्दा पनि पाइपलाइनमा रहेको सार्वजनिक निष्कासन आइअिपो निष्कासन भने स्वीकृत पाउन सकेको छैनन ।
करिब ८ महिनादेखि रोकिएको आइपिओ निष्कासन हुन नसक्दा जलविद्युत कम्पनीका आइपिओ निष्कासनमा आउन नसक्दा निर्माणका काम नै रोकिएको छ । स्रोतकाअनुसार रानाले अहिले कुनै पनि कम्पनीको आइपिओ निष्कासनको निर्णय लिन नसक्ने भएका छन् । स्रोतले भन्यो,‘ आइपिओ निष्कासन दिँदा विवादमा आउन सक्नेभएकाले पनि तत्काल अहिले रिक्स लिन नचाहेको हुन् ।’
अहिले प्रिमियम मूल्यमा आइपिअो निष्कसन गर्न सार्वजनिक लेखा समितिले समेत प्रश्न उठाएको छ ।त्यसैले पनि प्रिमियम मूल्य र आइपिओ निष्कासन गर्न बन्द भएको हो ।
प्रतिक्रिया