गिरीबन्धुमा  ओलीले नीतिगत भ्रष्ट्रचार गरे, जेल जानुपर्ला

सोमबार, २१ जेठ २०८१, १० : १८

 काठमाडाैं- काठमाडौको मेयर बालेन शाहले गिरिबन्धुमा  ओलीले नितीगत भ्रष्ट्रचार गरेको आरोप लगाएका छन्। उनले सामाजिक सन्जालमा लेख्दै न्युरोडको  गिरीबन्धुको काण्ड लुकाउन न्युरोडको फूटपाथलाई सडक बनाउन लागेको आरोप लगाएका छन् ।

उनले लेखेका छन्ः
१० हजार करोड को कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपि ओलीज्यू । झापा गिरिबन्धुमा बैना लिनेहरूलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं  भनेर थम्थमाउनु भएछ   । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।  
यहि  १०  हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पुर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ । 
अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ ।
अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद ।

सोमबार, २१ जेठ २०८१, १० : १८

प्रतिक्रिया