काठमाडौं – न्युरोड प्रकरणले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच कुटा उत्पन्न भएको छ । मेयर शाहले ओलीलाई गिरिबन्धु टी स्टेटमा आरोपित गरेका छन् ।
महानगरपालिका २२ नम्बरका वडाध्यक्ष चिनीकाजी महर्जनसँग पछिल्लो कार्यपालिका बैठकमा मेयर शाहको यसै विषयमा भनाभन भएको थियो ।
न्युरोडको साँघुरो सडकलाई काटेर झन साँघुरो बनाउने महानगरको निर्णयको विरुद्ध उभिएका वडाध्यक्ष सवारी आवागमन नै नहुने भन्दै मेयर शाहको कदमको विपक्षमा उभिएका थिए । लोकप्रियताको आडमा बालेनले न्यूरोडको इतिहास तथा संस्कृतिमा अतिक्रमण गरेको आरोप लगाइरहेका छन् । यसै षियमा उनको कार्यपालिका बैठकमा मेयरसित भनाभन भएको थियो ।
मेयरको निर्देशनमा भएको सडकको चौडाइ कटाउने कार्य सडक डिभिजनले रोकेको छ । संयोगवश भौतिक पूर्वाधार मन्त्री एमालेकै रघुवीर महासेठ र न्युरोडका वडाध्यक्ष पनि एमालेकै भएकाले बालेन एमाले नेतृत्वप्रति नै खनिएका हुन् ।
बालेनले सोमवार बिहान आफ्नो फेसबुक पेजमा एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्ध लामो स्टाटस लेखेका छन् । जसमा बालेनल,े एमाले अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टी स्टेटको काण्ड लुकाउन र विषयान्तर गर्न राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा आफूले बनाउन लागेको फुटपाथमा फेरि सडक बनाउन थालेको आरोप लगाएका छन् ।
उनले भनेका छन्( १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ । अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईँको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ ।
बालेनको अभियानलाई अवरुद्ध पार्न क्षेत्राधिकारभन्दा बाहिर गएर सडक साँघुर्याउन थालेको भन्दै सडक डिभिजन काठमाडौंले दुई दिनभित्र पूर्वअवस्थामा फर्काउन भनेको थियो। महानगरले सडक नटालेपछि सडक डिभिजन काठमाडौंले सोमबार बिहानबाट सडक टाल्न थालेपछि मेयर बालेन सिंगो एमालेमाथि खनिएका हुन् ।
न्युरोडको प्राचिन स्वरुप जोगाउनुपर्ने भन्दै वडाध्यक्ष महर्जनले स्थानीयसँग मिलेर बालेनको कदमको विपक्षमा गतिविधि गरिरहेका छन् ।
प्रतिक्रिया