काठमाडौं- स्नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा डिप्रोक्स लघुवित्त वित्तीय संस्था र साल्ट ट्रेडिङ कर्पोरेसनको बोनस सेयर सूचीकृत भएको छ । डिप्रोक्स लघुवित्तको १५ लाख ५१ हजार ०८८.१६ कित्ता बोनस सेयर सूचीकृण गरिएको हो । यस संस्थाले गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
साल्ट ट्रेडिङको ४ लाख १८ हजार ३२६.४६ कित्ता सेयर सूचीकृत भएको हो । यसले सेयरधनीलाई गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही सेयर सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
प्रतिक्रिया