काठमाडौँ - सर्वसाधारणले खरिद गर्न पाउने गरी नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
कम्पनीले आफ्ना संस्थापक सेयरधनीहरूको नाममा रहेको ७ हजार ३१२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । सेयर खरिद गर्न इच्छुक सर्वसाधारणले आवश्यक कागजात सहित १० दिनभित्र काभ्रेपलाञ्चोकको बनेपा १० स्थित संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया