काठमाडौँ - सेयर बजारमा सामान्य गिरावट आएको छ । सोमबार बजार ३.९३ अंकले घटेर २०७९ को विन्दुमा कायम हुन पुगेको छ । आज दिन सबैभन्दा बढी एनआरएन एन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भएको छ ।
आज कम्पनीको १४ करोड ८५ लाख ९५ हजार रुपैया बराबरको कारोबार भएको छ ।कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको पोखरा फाइनान्सको १३ करोड ८६ लाख ५१ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन ग्रिन भेन्चर्सको १२ करोड ४० लाख ६६ हजार रुपैयाँ, नेपाल फाइनान्सको १० करोड ७ लाख ८३ हजार रुपैयाँ र हिमालयन लघुवित्तको १० करोड ७ लाख ५४ हजार रुपैयाँको कारोबार भएको हो ।

आज नेप्सेमा कारोबार भएको आज ३१६ कम्पनीको ८८ लाख २० हजार १२५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४० लाख ७० हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा १२ वटा उपसूचक राताम्मै भएको छ । एनआइबिएल स्टेबल फण्डको सेयरमा नकरात्मक सर्किट लाएको छ । त्यसैगरी मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ५.९० प्रतिशत, कालिञ्चोक दर्शनको ४.४६ प्रतिशत, राप्ती हाइड्रोको ४.१२ प्रतिशतले सेयर मूल्य घटेको छ।
सेयर मूल्य बढेका कम्पनीहरु
आज बुद्धभुमी नेपाल हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक बढेको छ । कम्पनीको सेयर मूल्य ९.६६ प्रतिशतले बढेको हो । त्यसैगरी, हिमालयन लघुवित्तको ६.९१ प्रतिशत, नेशनल लघुवित्तको ६.०५ प्रतिशत, ग्लोबल आइएमई लघुवित्तको ६.०४ प्रतिशतले मूल्य बढेको छ ।

प्रतिक्रिया