१० महिनामा पासपोर्टको आयात घट्यो

सोमबार, २१ जेठ २०८१, १६ : ३५

काठमाडौँ - चालू आर्थिक वर्ष २०८०\८१ को १० महिनाको अवधिमा पासपोर्टको आयात घटेको छ । तथ्यांकअनुसार गत वर्षको सोही अवधिको तुलनामा पासपोर्ट आयात घटेको  हो ।

गत आर्थिक वर्षको १० महिनाको अवधिमा १ अर्ब ७९ करोड ८८ लाख रुपैयाँको पासपोर्ट भित्रिएको थियो । जुन चालू वर्षको १० महिनाको अवधिमा १ अर्ब ७४ करोड रुपैयाँमा सीमित बनेको हो ।

भन्सार विभागको तथ्यांकअनुसार चालू वर्षको साउनदेखि वैशाखसम्मको अवधिमा डेढ अर्ब रुपैयाँभन्दा बढीको पासपोर्ट आयात भएको हो । यो गत वर्षको तुलनामा ५ करोड रुपैयाँले न्यून आयात हो । यस अवधिमा विदेशबाट ५६ हजार वटा पासपोर्ट आयात भएको छ । गत वर्षको सोही अवधिमा ६२ हजार ८४५ वटा पासपोर्ट आयात भएको तथ्याङ्कमा छ । नेपालमा आउने सबै पासपोर्ट फ्रान्सबाट आयात भएको छ ।

सोमबार, २१ जेठ २०८१, १६ : ३५

प्रतिक्रिया