काठमाडौँ - नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् लिमिटेड (नेप्स)ले एकीकृत कारोबार सुरु गरेका छन् । उनीहरुले सोमबारदेखि नेपाल क्लियरिङ हाउस लिमिटेडकै नामबाट एकीकृत कारोबार गरेका हुन् ।
एनसीएचएलले नेप्सलाई प्राप्ती गरेर एकीकृत कारोबार गरेको हो । सोमबार साँझ एक औपचारिक कार्यक्रम गरेर एकीकृत कारोबारको घोषणा गरिदैछ । यद्यपि, आज बिहानबाटै एकीकृत कारोबार सुरु भइरहेको एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निलेशमान प्रधानले बताए । नेपालमा भुक्तानी प्रणाली सञ्चालक कम्पनीहरु मर्ज भएको यो पहिलो हो । त्यसमा पनि निजी र सरकारी स्वामित्वको कम्पनी मर्ज भएर एकीकृत कारोबार सुरु गरेका छन् ।
एनसीएचएल नेपाल राष्ट्र बैंकसमेतको स्वामित्वमा स्थापना भएको संस्था हो । नेप्स भने निजी क्षेत्रका केही वाणिज्य बैंकहरुले स्थापना गरेको संस्था हो । दुवैले भुक्तानी प्रणाली सञ्चालकको रुपमा काम गर्दै आएका छन् । सरकार र निजी क्षेत्रका यी दुवै भुक्तानी प्रणाली सञ्चालक संस्थाबीच गत पुसमा मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो । त्यसपछि गत चैत २३ गते यस सम्बन्धमा अन्तिम सम्झौता भएको थियो । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर दुवै संस्थाले सोमबारदेखि एकीकृत कारोबार सुरु गरेका हुन् ।
प्रतिक्रिया