काठमाडौँ - कालिकोटमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । गाउँ नजिकैको चुचिल्ले भीरमा बाख्रा चराउन गएकी ३५ वर्षीया करुण उपाध्याय (महतारा) को लडेर मृत्यु भएको हो ।
आइतबार बिहान बाख्रा लिएर चराउन गएकी महतारा दिउँसो भीरबाट चिप्लिएर लड्दा घटनास्थलमै मृत्यु भएको छ । भीरबाट लडेको खबर आए पछि खोज्न जाँदा मृत भेटिएकी थिइन्। उनी कुमालगाउँकी अगुवा कृषक पनि हुन् । उनले बेमौसमी तरकारी खेती र फलफूल खेती गरेर छोराछोरी पढाउने गरेकी नरहरिनाथ- ९ का वडाध्यक्ष प्रदिप बोहोराले बताए ।
प्रतिक्रिया