काठमाडौँ - साफ महिला फुटबल प्रतियोगिता आगामी कात्तिक १ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सञ्चालन हुनेछ । दक्षिण एसियाली फुटबल महासङ्घको आज बसेको बैठकले उक्त प्रतियोगिता नेपालमा गर्ने तय गरेको छ । उक्त प्रतियोगिता आयोजना गर्न नेपाल, भुटान र बङ्गलादेशले प्रस्ताव गरेका हुन् ।
प्रतिक्रिया