गण्डकी र लुम्बिनी प्रदेशका दुई स्थानमा हावा हुरीको पनि सम्भावना, अन्य स्थानमा के छ ?

मंगलबार, २२ जेठ २०८१, ०६ : १६

काठमाडाैं - गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हावा हुरीको पनि सम्भावना रहेको मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती, र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू भागमा आंशिक बदली रहने  जनाएको छ  । 

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हावा हुरीको पनि सम्भावना रहेको छ ।  देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


 

मंगलबार, २२ जेठ २०८१, ०६ : १६

प्रतिक्रिया