सिटिजन्स बैंकका डेपुटी सिइओ काफ्लेको निधन

मंगलबार, २२ जेठ २०८१, १२ : २२

काठमाडौँ - सिटिजन्स बैंकका डेपुटी सिइओ पारस कुमार काफ्लेको हृदयाघातका कारण निधन भएको छ ।  श्रीलंकामा एक कार्यक्रमका लागि पुगेका बेला काफ्लेलाई हृदयाघात भएको थियो । 

उनलाई स्थानीय नावालोका अस्पताल लगिएकोमा अस्पतालमा आइतबार दिउँसो मृत घोषित गरिएको थियो । बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स अफ नेपाल ९बिफिन० को कार्यक्रममा सहभागी हुन उनीलगायतको टोली श्रीलंका पुगेको थियो । सिबिआइएल क्यापिटलका सिइओसमेत रहेका ५० वर्षीय काफ्ले लामो समयदेखि सिटिजन्स बैंकसँगै आबद्ध रहेका थिए । उनी डेपुटी सिइओ हुनुअघि सोही बैंकमा चिफ अपरेटिङ अफिसरका रुपमा कार्यारत थिए 

 
 

मंगलबार, २२ जेठ २०८१, १२ : २२

प्रतिक्रिया