सुनको सिक्री लुट्ने र किनबेच गर्ने ३ जना पक्राउ

मंगलबार, २२ जेठ २०८१, १२ : ३७

काठमाडौँ- सुनको सिक्री लुट्ने र किनबेच गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा घर भएर कपुरधारा बस्ने २८ वर्षीया उषा विष्ट, सर्लाही घर भएर काठमाडौँ बस्ने रामहरि खड्का र हरि शङ्कर चौधरी छन् ।

वैशाख ३० मा सुन्धाराबाट एउटै ट्याक्सीमा चढेका कविराज नेपालीको घाँटीमा लगाएको सिक्री विष्टले लुटेर भागेकी हुन् । आरोपी विष्टलाई माछापोखरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।

उषा विष्टले लुटेको सुन रामहरि खड्काले चाबहिलमा बस्ने ३७ वर्षीय हरि शङ्कर चौधरीलाई बेचेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । 

मंगलबार, २२ जेठ २०८१, १२ : ३७

प्रतिक्रिया