ओलीमाथि मजाक गर्नु आफ्नै आमाको अस्तित्वमाथि चिथोर्नु सरह हो : सांसद भट्टराई

मंगलबार, २२ जेठ २०८१, १२ : ५३

काठमाडौँ - सत्तारुढ दल नेकपा एमाले प्रतिनिधि सभाको बैठकमा काठमाडौँ महानगरप्रमुख बालेन शाहमाथि खनिएको छ । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै एमाले सचिव एवं सांसद योगेश भट्टराईले बालेनमाथि विभिन्न आरोप लगाए । 

सभामुखबाट बोल्नका लागि १७ मिनेट समय पाएका भट्टराईले अधिकांश समय बालेनविरुद्ध प्रयोग गरे । उनले एमाले अध्यक्ष ओलीमाथि मजाक गर्नु आफ्नै आमाको अस्तित्वमाथि चिथोर्नु सरह भएको टिप्पणी गरे । जुन नेताहरू जेल बसेर, लडेर लोकतन्त्र ल्याए तिनै नेताहरुविरुद्ध मजाक गर्नु ‘आफ्नै आमाको अस्तित्वमाथि, अस्मितामाथि बारम्बार तपाई नङ्ग्याउने काम गरेको आरोप लगाए । सांसद भट्टराईले राजनीतिक इतिहास, संस्कृतिप्रति घृणा फैलाएको भन्दै बालेको देशभक्तिमाथि नै प्रश्न चिन्ह खडा गरे । उनले साइबर ग्याङबाट राजनीतिमा सधैँ नटिकिने टिप्पणी समेत गरे । 
 

मंगलबार, २२ जेठ २०८१, १२ : ५३

प्रतिक्रिया