काठमाडौँ - युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडले सार्वजनिक निष्कासनको एजेन्डासहित साधारणसभा बोलाएको छ ।
जेठ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असार ६ गते काठमाडौंको डिल्लीबजारस्थित कम्पनीकै रजिष्टर्ड कार्यालयमा बस्ने गरी प्रथम साधारणसभा मिति तय गरेको हो । सभामा कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधनलगायतका प्रस्तावमा छलफल गरिने जनाइएको छ । यसैगरी सभामा सार्वजनिक निष्कासन गर्ने विषयमा पनि छलफल र निर्णय गरिने जनाइएको छ ।
प्रतिक्रिया