काठमाडौँ –संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय सहमतिको सरकारको माग गरेको छ । सत्ता गठबन्धनले सरकारमा नरहेकोमा छटपटाइरहेको आरोप लगाउँदै गर्दा नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा वर्तमान शासन व्यवस्थामा परिमार्जनको आवश्यकता औँल्याउँदै राष्ट्रिय सहमतिको सरकार गठनको माग गरेका हुन् ।
संसदको अर्को विपक्षी दलराष्ट्रिय प्रजातन्त्र पार्टीले पनि राष्ट्रियसहमतिको सरकार गठनको माग गरेको छ । कांग्रेस सांसद गौतमले दलगत आग्रह र पूर्वाग्रह त्यागेर जनताको चाहनाअनुसार राष्ट्रिय हितमा काम गर्न सबै दललाई आग्रह गर्दै त्यस्तो सरकार गठनको माग गरेका हुन् । उनले बाढीपहिरोको जोखिम न्यूनीकरणका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।
प्रतिक्रिया