काठमाडौं- साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार आएको छ । मंगलबार बजार ६.२२ अंकले बढेर २०८५ को विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा कारोबार भएको आज ३१५ कम्पनीको ८३ लाख ५ हजार ७८६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८ करोड ४७ लाख हजार १५ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा सुधार आउँदा १० वटा उपसूचकमा हरियाली छाएको छ ।

उक्त दिन सबैभन्दा बढी सिइडिबी हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २० करोड ९२ लाख ४२ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल फाइनान्सको १२ करोड ९८ लाख ३७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन नेपाल इन्फा्रस्ट्रक्चरको ११ करोड ६२ लाख ६८ हजार रुपैयाँ, यूनाइटेड अजोड इन्स्योरेन्सको ११ करोड ७९ लाख ४६ हजार रुपैयाँ र ग्लोबल आइएमई लघुवित्तको १० करोड ९० लाख २० हजार रुपैयाँको कारोबार भएको हो ।

उक्त दिन ग्लोबल आइएमई लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो । त्यसैगरी, नारायणी डेभलपमेन्ट बैंकको ८.२४ प्रतिशत, महुली लघुवित्तको ७.८९ प्रतिशत, हिमालयन लघुवित्तको ७.८२ प्रतिशतले मूल्य बढेको छ ।

प्रतिक्रिया