काठमाडाैं- आज वि.सं.२०८१ साल जेठ महिनाको २३ गते बुधबार, ज्येष्ठ कृष्णपक्षको चतुर्दशी तिथि । आज विश्व वातावरण दिवस रहेको छ ।
मेष
शेयर बजारमा धेरै उत्साही हुने अवस्था छैन् । आँटेका काममा राम्रो नतिजा आउने छ । कमाई धमाईमा ह्वात्त बृद्धि हुने छ । तर भविष्यप्रतिको चिन्ताले सताई रहने छ । पेशागत जीवनमा भने केही समस्याहरुसँग जुध्नु पर्ने छ ।
वृष
शेयर बजार मध्म खालको हुने छ । मनमा आउने दृढताले जस्तो सुकै काम पनि गर्न सक्छु भन्ने चाँही लाग्ने छ । भाग्यहिनताले गर्दा थालिएका कामहरु निकै ढिला गरि मात्र सफलतातर्फ जाने छन् ।
मिथुन
साझेदारीमा भए गरेका कामहरुमा भने द्वन्द देखिने भएकाले सतर्क भई कदम चाल्नु नै उचित हुने छ । व्यक्तित्वमा दृढता आउँदा बलियो खालको स्वाभाव बन्ने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।पेशागत र ब्यावसायिक जीवनमा सकारात्मक कदमहरु अघि बढ्ने छ ।
कर्कट
शेयर बजारबाट आंशिक लाभ मिल्ने छ ।दाम्पत्य जीवनमा भनाभन र बिबादको अवस्था आउने छ । साझेदारीमा गरिएका काममा साझेदारहरुबीच झैझगडा र मनमुटावको अवस्था आउने छ । धन सम्पत्तिमा नोक्सानी देखिने भएकाले संयमित रहनु होला ।
सिंह
धार्मिक आध्यात्मिक स्वाभाव बन्ने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।नयाँ सम्भावनाका ढोकाहरु देखिने छ । मनमा आँटमा बृद्धि हुने छ । अरुको विश्वास जित्न सकिने देखिन्छ । बाणि प्रभावकारी बन्ने छ । यात्रामा सफलता प्राप्त हुने छ । बौद्धिक खालको व्यक्तित्व बन्ने छ ।
कन्या
रिसको मात्रामा भारी बृद्धि हुने भएकाले विचार पुर्याउनु पर्ने देखिन्छ । शेयर बजार आंशिक सकारात्मक बन्ने छ । मधुरो बोली हुने हुँदा अरुको मन सहजै जित्न सकिने छ । मित्रतामा मधुरता आउने छ । आम्दानीमा बृद्धि देखा पर्ने छ । परिवारमा प्रेम, मिलन तथा शान्तिपूर्ण वातावरण हुने छ । परिवारका सदस्यहरुबीच सहयोगि भावमा बृद्धि हुँदा उन्नति प्रगतिका दिशा कायम हुने छ ।
तुला
घर घडेरी बेच्नु पर्ने बाध्यता आउने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् ।स्वास्थ्य समस्या देखिने छ । मेहनत गर्दा गर्दै पनि प्रतिफल कम हुन जाँदा मनमा निराशा छाउने छ । आर्थिक अवस्था भने धानिने छ । मुद्धा मामिलाजन्य विषयमा सतर्क रहनु होला ।
वृश्चिक
ब्यावसायिक जीवनमा सकारात्मक परिणामहरु देखिने छ । आर्थिक पक्ष सवल बन्ने छ । आफ्नो काम प्रति गौरव बढ्ने छ । आफ्नो काम फत्ते गर्नका लागि कम्मर कसेर लागि पर्ने बानी हुने छ । तर मनमा भने निकै उदासिनता बढ्ने भएकाले संयमित रहनु होला । निर्णय क्षमता पनि कमि देखिने छ । शेयर बजारबाट अपेक्षाकृत लाभ मिल्न कठिन हुने छ ।
धनु
मनमा साहस देखा पर्ने छ । दाम्पत्य जीवनमा प्रमिल वातावरण बन्ने छ । परिवारका सदस्यहरुबीच सहयोगी स्वाभाव हुने हुँदा परिवारमा एकताको भाव देखा पर्ने छ ।
मकर
पेशा ब्यवसायमा पनि सकारात्मक परिणामहरु प्राप्त हुने छ । मनमा दृढता आउने भएकाले अन्योलता हट्ने छ ।
कुम्भ
शरीरमा धेरै थहाई लाग्ने र शरीर कमजोर बन्ने छ । स्वास्थ्य अवस्था सन्तुलित बनाउन मेहनत गर्नु पर्ने छ । शेयर बजारमा गुमाउनु पर्ने छ । चिन्ताले सताउने हुँदा उत्साह र उमङ्गको कमि देखिने छ । निन्द्रामा समस्या देखिने छ । मनमा नकारात्मक विचारहरु धेरै देखिने छ ।
मीन
परिवारका सदस्यहरुले साथ दिने हुँदा सँहालिन निकै मद्धत मिल्ने छ । धार्मिक आध्यात्मिक विषयलाई उपेक्षा गर्ने बानी देखिने छ । शेयर बजारबाट लाभ मिल्ने छ ।जीवनसाथिसँग मनमुटाब बढ्ने छ ।
प्रतिक्रिया