नरेन्द्र मोदी तेस्रो पटक प्रधानमन्त्री बन्दै, नेपालमा कस्तो पर्छ आर्थिक प्रभाव ?

बुधबार, २३ जेठ २०८१, ०८ : ०१

काठमाडौं । भारतमा १८ औं लोक सभा निर्वाचनको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार भाजपा नेतृत्वको सत्ता गठबन्धन (एनडीए)ले २९३ सिट जितेको छ । यसैगरी कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन इण्डियागठबन्धनले २३१ सिट जितेको छ ।

भाजपा एक्लैले बहुमत हासिल गर्न भने असफल भएको छ । भाजपाले मात्रै जितेको सिट संख्या २४० छ । सन् २०१९ मा भाजपा एक्लै ३०३ सिटका साथ बहुमत हासिल गरेको थियो । सन् २०१९ मा ५२ सिटमा सीमित भएको कांग्रेस एक्लैले ९९ सिट जितेको छ । समाजवादी पार्टी ९सपा०ले ३७ सिट जितेका छन् । त्रिणमुल कांग्रेस ९टीएमसी०ले २९ सिट जितेको छ ।

बहुमतका लागि २७२ सिट जित्नुपर्ने भए पनि कुनै पनि दलले एकल बहुमत हासिल गर्न सकेनन् । यद्यपि भाजपा सबैभन्दा ठूलो दल बनेकाले उसैको नेतृत्वमा गठबन्धन सरकार बन्ने छ । सरकारको नेतृत्व भने भाजपाका नेता नरेन्द्र मोदीले नै गर्ने छन् । मोदीले सन् २०१४ देखि २०१९सम्म र २०१९ देखि २०२४सम्म लगातार दुई कार्यकाल सरकारको नेतृत्व गरिसकेका छन् । अब उनी तेस्रो कार्यकालका लागि सरकारको नेतृत्वमा हुनेछन् । मोदी भारतमा लगातार तीन कार्यकाल प्रधानमन्त्री बन्ने दोस्रो नेता हुन् । यसअघि यस्तो रेकर्ड जवाहर लाल नेहरुको नाममा छ ।  

नेपालका प्रधानमन्त्री पुष्प कमल दाहालले नरेन्द्र मोदीलाई तेस्रो कार्यकाल प्रधानमन्त्री बनेको शुभकामना दिएका  छन् ।मोदीको पालमा देशमा पहिलोपटक ६ महिना नाकाबन्दी  बेहोर्नु परेको थियो । यद्यपी उनले  नेपालकोआर्थिक सामजिक क्षेत्रका लागि विकास निर्माण, भुकम्पपछिको पुननिर्माणामा आर्थिक सहायता दिएर नेपालप्रति गुन पनि लगाएका छन् । भारत नेपालको सिमना जोडिएको मूलुक भएको हुँदा त्यहाँको नेतृत्वले लिने आर्थिक पाटोसँग नेपालको कुनै पनि हिस्सा जोडिन्छ । त्यसैले नेपालका लागि त्यहाँको राजनीतिक परिदृश्य पनि हाम्रो लागि महत्वपूर्ण हुनेगर्दछ ।


 

बुधबार, २३ जेठ २०८१, ०८ : ०१

प्रतिक्रिया