बिदेश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ

बुधबार, २३ जेठ २०८१, १० : २५

काठमाडाैं - रोजगारीको खोजीमा रहेका युवाहरूलाई विदेश पठाउँछौँ भनेर ठगेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम पश्चिम घर भएका ३९ वर्षीय रुपेश राज गिरी, स्याङ्जा घर भएका ४५ वर्षीय राजु ढकाल, र धनुषा घर भएका २२ वर्षीय युवराज ठाकुर छन् ।

आकर्षक तलब आउने काम मिलाइदिने गरी विदेश पठाउँछौँ भनेर रकम लिएपछि आरोपीहरू फरार भएका हुन् । उनीहरूलाई पक्राउ गरेर वैदेशिक रोजगार विभागमा बुझाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले  बताए ।

काठमाडौँको सुकेधारा बस्ने गिरीले रोमनिया पठाउँछु भनेर देव सिंह महता सहितका पीडितहरूबाट ८ लाख नगद लिएका हुन् । राजु ढकालले दुबई पठाउँछु भनेर २ लाख ५० हजार र युवराज ठाकुरले पोल्याण्ड पठाउँछु भनेर ८ लाख ठगी गरेको एसपी रेग्मीले जानकारी दिए । 

 

बुधबार, २३ जेठ २०८१, १० : २५

प्रतिक्रिया